१० फागुन, चितवन । लोपउन्मुख सालकको संरक्षणका लागि प्रक्रिया चितवनमा सुरु भएको छ । विश्व सालक दिवसको अवसर पारेर राष्ट्रिय प्रकृति संरक्षण कोष तथ जैविक विविधता संरक्षण केन्द्र, सौराहाको पहलमा सालकको अध्ययन सुरु गरिएको हो ।
गैडा र बाघलाई जस्तै सालकको बारेमा थप अनुसन्धान गर्न पहिलो पटक क्यामेरा ट्रयापीङ प्रविधिबाट अध्ययन गर्न सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डाक्टर चिरन्जीवी पाख्ररेलले जानकारी दिए ।
मकवानपुर स्थित रानी सामुदायिक वनमा क्यामेरा प्रविधि जडान गरि सालक अध्ययन शुरुवात गरेको थिए ।
अति संकटापन्न अवस्थामा पुगेको यस प्रजातिको संरक्षणका लागि अध्ययन अनुसन्धान सुरु गरिएको कोषका प्रमुख डा. चिरन्जिबी प्रसाद पोख्रेलले जानकारी दिए ।
अध्ययनले सालकको वितरण, आनी-बानी र बासस्थान को बारेमा जानकारी प्राप्त गर्नेछ र यसको व्यवस्थापन का लागि भावी योजना तर्जुमा गर्न सहयोग पुग्नेछ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment