Monday, February 22, 2016

ओलीको जन्मदिनमा भारतीय राष्ट्रपतिले उपहार पठाए

१० फागुन, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ६५ औं जन्म दिनमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले फोन गरी शुभकामना दिनुका साथै उपहार समेत पठाएका छन् । प्रधानमन्त्री नरेन्द्र्र मोदीले पनि उनलाई फुलगुच्छा पठाएर बधाई दिए ।

मोदीले राष्ट्रपति भवनमा प्रधानमन्त्री आयुष राज्यमन्त्री श्रीपद यस्व नायक र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमार्फत पुष्पगुच्छा पठाएका हुन् । प्रधानमन्त्री ओलीले उनीहरुमार्फत मोदीलाई धन्यवाद दिएका थिए । यसैगरी राष्ट्रपति मुखर्जीले आफ्ना सुरक्षागार्डमार्फत ओलीलाई उपहार पदान गरेका छन् ।

प्र्रधानमन्त्री ओलीले सोमबार नयाँ दिल्लीस्थित ताज होटलमा नेपालाट आएको प्रतिनिधिमण्डलमाझ जन्मदिन तथा विवाहको वाषिर्कोत्सव मनाए । उनले प्रतिनिधिमण्डलका सदस्यहरुलाई केक काटेर खुवाए ।

ओलीको जन्मदिन विवाहको वाषिर्कोत्सव एकै दिन हो ।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओलीलाई सबैका तर्फबाट एउटा कलम उपहार दिएका छन् ।

सोमबार नै नयाँदिल्लीमा विश्व मामिलाका लागि भारतीय परिषदले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई जन्म दिनको शुभकामना दिएकी थिइन् ।

ओलीले भारतीय कांग्रेसका नेता राहुल गान्धिसँग भेट गरेका छन् । ओलीलाई भेट्न गान्धि राष्ट्रपति निवासमा पुगेका थिए । उनीहरुबीच ४० मिनेट कुराकानी भएको छ ।

भारतीय नेताहरु सिताराम यचुरी र सरद यादवले पनि प्रधानमन्त्री ओलीलाई सोमबार नै भेटेका छन् । प्रधानमन्त्रीसहितको प्रतिनिधमन्डल भोलि भूकम्पपछि पुनर्निमाण भएको गुजरातस्थित भुज जाने कार्यक्रम छ ।

तस्वीरः गोपाल खनाल 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment