११ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गुजरातको भुज क्षेत्र अवलोकन गर्न जाँदैछन् । गुजरातको भुज भूकम्प पछिको पुनर्निर्माणका लागि उदाहरणीय मानिन्छ ।
नेपालमा पनि भूकम्पपछिको पुनर्निर्माणको प्रक्रिया चलिरहेकाबेला प्रधानमन्त्री ओलीले गुजरात भ्रमण गर्न लागेका हुन् । गुजरातमा प्रधानमन्त्री ओलीले राज्यका गभर्नर, मुख्यमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।
गुजरात भ्रमणपछि प्रधानमन्त्री ओली मुम्बइ जाने कार्यक्रम छ । मुम्बइमा उनले उद्योगी व्यवसायी र बलिउडका कलाकारहरुसँग भेटघाट गर्ने छन् । ६ दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बुधबार नेपाल फर्कने कार्यक्रम छ ।
४६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही फागुन ७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment