Monday, February 22, 2016

प्रचण्डले बाबुराम र करिश्मालाई जोडेपछि देवकोटाको जवाफ– ‘प्रचण्डलाई आरामको खाँचो छ’

काठमाडौं, १० फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई र करिश्मा मानन्धरलाई जोडेर आपत्तिजनक टिप्पणी गरेको भन्दै नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले आपत्ति जनाएका छन् ।

प्रवक्ता देवकोटाले दाहालले आजभोलि ठिकबेठीक छुट्याउनै छाडेको आरोप लगाएका छन् । उनले सोमबार साँझ फेसबुकमा लेखेका छन्, ‘पुष्पकमल दाहाल आजभोलि निकै तनावमा हुनुहुन्छ र बोल्न हुने र नहुने छुट्याउन पनि छाड्नुभएको छ ।’ उनले प्रचण्डले बाबुरामलाई लगाएको आरोप निराधार र अस्वभाविकसमेत भएको स्पष्ट पारेका छन् ।

‘नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य एवम् चर्चित कलाकार करिष्मा मानन्धरका बारेमा जे टिप्पणी गर्नुभो, निकै गम्भीर र आपत्तिजनक दुवै छ,’ देवकोटाले अगाडि लेखेका छन् । प्रचण्डले सोमबार काठमाडौंमा कार्यकर्तालाई सम्बोधन गर्दै ‘करिश्मा त बाबुरामकै रचन्’ भन्दै बाबुराम र करिश्मालाई जोडेर अभिव्यक्ति दिएका थिए । उनले बाबुरामलाई देशद्रोही र अपराधी भन्दै गम्भीर आरोप समेत लगाएका थिए ।

प्रवक्ता देवकोटाले प्रचण्डलाई आराम गर्न सुझाव दिँदै भनेका छन्, ‘तपाई किन यस्तो बोल्दै हुनुहुन्छ, सबैलाई थाहा छ तपाई यतिवेला असाधारण तनावमा हुनुहुन्छ । यतिबेला तपाईलाई खाली आरामको खाँचो छ । आराम गर्नोस् ।’

के बोलेका थिए प्रचण्डले ?
प्रचण्डले भने-‘करिश्मालाई मन पराउने म कि बाबुराम ?’ (भिडियाेसहित) 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment