Monday, February 22, 2016

कार्यवाहक प्रधानमन्त्री भन्छन्–तीन महिना त हेर्नुस्, म को हुँ सबैले चिन्छन्

विराटनगर । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले उच्चस्तरीय राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको टुङ्गो लगाउने जानकारी दिएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाको चित्त बुझ्नेगरी सीमाङ्कनको टुङ्गो लगाइने वताए ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष समेत रहेका गच्छदारले राजनितिक विवादका कारण मुलुकलाई अलमल्याउन नहुने चर्चा गर्दै सीमाङ्कनको समस्या छिटो समाधान हुने विश्वास व्यक्त गरे ।

नयाँ संविधानमा भएको दुईवटा महत्वपूर्ण संशोधनसँगै सबै जातजातिको अपनत्व रहेको उनले बताए । उनले अबको कम्तिमा तीन महिना कुर्न सबै आन्दोलनकारीहरुलाई आग्रह गरे ।

उनले आफुले राखेकै अडानका आधारमा राजनीतिक सहमति भैरहेको र सीमांकन विवाद पनि तीन महिनामा मिल्ने बताए । उनले आफु हरेक सहमति बनाउन लागिपरेको बताउँदै अब मुलुकलाई विकासको गतिमा अधि बढाउन पनि आफैंले पहल थाल्ने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment