९ फागुन, बारा । बाराको महागढीमाई नगरपालिकाका बिभिन्न स्थानमा रहेका बिडी उधोगमा कार्यरत मजदूरले आफ्नो मजदुरी बढाउनुपर्ने माग गरी आन्दोलन गर्दै आएका छन् ।
१२ घण्टा कडा मेहनत गरेर एक हजार बिडी बनाए वापत पाइने डेढ सय रुपैयाँले परिवार पाल्न समस्या भएपछि ज्यााला वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको मजदूरले बताएका छन् ।
मजदूरले बिडीको ज्याला बढाउनको लागि एक महिना काम ठप्प पारेपनि ज्याला वृद्धि गर्न व्यवस्थापन पक्ष तयार नदेखिएको मजदूर युनियनका अध्यक्ष हरेन्द्र शाहले बताए । उनका अनुसार महागढीमाईको गजभवानीपुर, दहियार, बगडमपुर, बरियारपुर, मैनी लगायतका मजदूरहरु ज्याला वृद्धिको माग गर्दै पटक-पटक आन्दोलनमा उत्रिएका हुन् ।
कडा मिहिनेत गरेर काम गर्दा पाउने ज्यालाले बजारको तरकारी पनि किनेर खान नसक्ने अवस्था रहेको शाहको गुनासो छ । न्यून मजदुरी ज्यालाले परिवार पनि पाल्न धौधौ रहेको उनले बताए ।
बिडी उधोगीहरुले ज्याला नबढाए पनि बेरोजगारी कारणले कुनै किसिमको तालिम र आय स्रोत नभएको हुनाले बाध्य भएर बिडी बनाउनु परेको मजदूर जवाहिर साहले बताए । उधोगीहरुले ६ बर्ष अगाडी देखि नै ज्यालाका साथ ६५० ग्राम पाता, ४०० ग्राम सुर्ती दिँदै आएकोमा अहिले २० ग्राम पाता र ३० ग्राम सुर्ती कटौटी गरेको उनले बताए ।
यता बिडी उधोग युनियनका अध्यक्ष हरेन्द्र साह कलवारले बिडी बनाउँन आवश्यक कच्चा पदार्थ मंहगो हुँदै गएको र बिडी सस्तोमा बेच्नुपर्ने समस्याले मजदुरको ज्याला बढाउन नसकेको समस्या रहेको बताए ।
महागढीमाई नगरपालिकामा रहेका एक दर्जनभन्दा बढी बिडि उधोगमा २५ सय भन्दा बढी मजदुरहरु कार्यरत रहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment