Sunday, February 21, 2016

सुशीललाई सम्झँदै शान्तिवाटीकामा शीर्ष नेता

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाको १३ औं दिनको पुण्यतिथीमा काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् । उनीहरुले कोइरालाको तस्बिरमा माल्यार्पण गरे र मन्तव्यका क्रममा निष्ठाको राजनीतिको प्रसंशा गरे ।

काठमाडौंको शान्तिवाटीकामा आयोजित सभामा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री एवम् महिला बालबालिका मन्त्री सीपी मैनाली, राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत नेताहरु छन् ।

कार्यवाहक प्रधामन्त्री गच्छदारले सुशील कोइरालासँग आफ्नो ३१ सालमा भेट भएको स्मरण गर्दै सादगी जीबन र सक्रिय राजनीति सबैका लागि प्रेरणा बनेको बताए ।

यसैगरी मन्त्री मैनाली र राप्रपा अध्यक्ष चन्दले पनि निष्ठाको राजनीति गर्ने कोइराला नेपाली राजनीतिको शिखर व्यक्तित्व भएको बताए ।

कोइरालाका भाइ अशोक कोइरालाले दाजुसँग विताएको बाल्यकालको स्मरण गरे ।

कार्यक्रममा शान्ति मन्त्री एकनाथ ढकाल, विज्ञानमन्त्री विश्वेन्द्र पासवान लगायत पनि सहभागी छन् ।

कांग्रेसले कोइरालाको १३ औं दिनको पुण्यतिथीमा काठमाडौं उपत्यकासहित देशभर श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

कोइरालाको गत माघ २५ गते राति १२ः५० मा महाराजगञ्जस्थित निबासमै निधन भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment