९ फागुन, क्वालालम्पुर । गैरकानुनी कामदारमाथि गत शुक्रबारबाट सुरु भएको धरपकडका क्रममा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् ।
मलेसियाको सरकारी समाचार समिति बर्नामाले जनाएअनुसार मलाका क्षेत्रमा गरिएको धरपकडका क्रममा यी नेपालीहरु पक्राउ परेका हुन् ।
अबैध कामदारलाई पुनः दर्ता अभियानसँगै मलेसिया सरकारले दर्ता हुन नमान्ने अबैधानिक कामदारलाई पक्राउ गर्ने क्रम तिब्र बनाएको छ । सो क्रममा अहिलेसम्म नेपालीसहित कुल ९७१ जना पक्राउ परेको अध्यागमन बिभागलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।
प्रहरीले राजधानी क्वालालम्पुरसहित नेपाली कामदारको बढि घनत्व रहेको एपो, सेरेम्बान, साइबरजया, मलाका लगायतका स्थानमा धरपकड गरेको थियो ।
१२ घण्टासम्म चलेको अपरेशनमा प्रहरीले २ हजार १ सय ८२ बिदेशी कामदारको परिक्षण गरेको थियो । त्यसमध्ये ९७१ अबैधानिक भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । मलाकाबाहेक अन्य स्थानमा कति नेपाली पक्राउ परे भन्ने अहिलेसम्म खुलेको छैन् ।
मलेसिया सरकारले करिव २० लाख अबैध बिदेशी कामदार मलेसियामा कार्यरत रहेको बताएको छ । उनीहरुलाई बैधानिक बनाउने उदेश्यअनुरुप अहिले सरकारले अबैध कामदारको दर्ता प्रकृया संचालन गरिरहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment