Sunday, February 21, 2016

कर्णालीमा ४० वर्षकै ठूलो खडेरी, गाईवस्तुका लागि घाँससमेत पाइन छाड्यो

१० फागुन, काठमाडौं । कर्णाली अञ्चलमा ४० वर्षयताकै ठूलो खडेरी परेको छ ।

करिब ५ महिना हिमपात र वर्षा नहुँदा सुख्खाका कारण कर्णालीबासीको खाद्यअधिकार संकटमा परेको छ भने गाईवस्तुका लािग घाँससमेत पाइन छाडेको आजको कारोबार दैनिकमा समाचार छ ।

पानी नपर्दा जडिवुटी उत्पादन साँघुरिएको छ । यसले कर्णालीबासीको वैकल्पिक पेसामा पनि प्रतिकूल असर परेको छ ।

सुख्खाले मुगुका मात्रै १२ जिल्लामा खाद्यसंकट परेको जिल्ला खाद्य सुरक्षा सञ्जाल मुगुले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेने सञ्जाल र जिल्ला कृषि कार्यालय मुगुले गरेको संयुक्त अध्ययनले २४ मध्ये बाँकी १२ गाविस पनि खाद्यसंकटउन्मुख रहेको निश्कर्ष निकालेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment