Thursday, March 17, 2016

र्‍याफ्टिङ एशोसियशनले सुरु गर्‍यो त्रिशुली बचाउ अभियान

४ चैत, काठमाडौं । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ्ग एजेन्सीज (नारा) ले यहि चैत ७ गतेबाट त्रिशुली नदी बचाउ अभियान संचालन गर्ने भएको छ ।

नाराले विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी त्रिशुली नदीलाई प्रदुषणमुक्त बनाउन तथा र्‍याफ्टिङ्गको गन्तव्यका रुपमा प्रचार गर्न अभियान संचालन गर्ने जानकारी दिएको हो ।

अभियान अन्र्तगत र्‍याफ्टिङ्ग र सरसफाइको कार्यक्रम गर्ने नाराले जनाएको छ । नाराका महासचिव शेखरबहादुर थापाले र्‍याफ्टिङ्गका लागि त्रिशुली प्रख्यात रहेको तर पछिल्ला वर्षहरुमा ढुङ्गा, गिटी र बालुवाको बढ्दो उत्खनन्ले नदीको सौन्दर्य घट्दै गएकाले नदी बचाउ अभियान संचालन गर्न लागेको जानकारी दिए ।

नाराले अभियान अन्र्तगत चितवनको फिस्लिङ्गदेखि कुरीनघाटसम्मको नदी सरसफाइ गरिने जनाएको छ । त्रिशुली, सरकारले र्‍याफ्टिङ्गका लागि खुला गरेका विभिन्न्ा १६ वटा नदी मध्येको प्रमुख गन्तव्य हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment