५ चैत, काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका एजेण्डामा सैद्धान्तिक सहमति दिएको छ । एजेन्डालाई अन्तिमरुप दिन शुक्रबार मन्त्रिपरिषद बैठक बोलाइएको छ । नयाँ पत्रिका दैनिकका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले सहमति दिएका एजेण्डाहरु यस्ता छन्-
पारवहन सम्झौता
दुई देशबीच पारवहन सन्धि गर्ने तयारी छ । पारवहन सन्धि गरिएमा नेपालले चिनियाँ बाटो भएर तेस्रो मुलुकबाट सामान आयात गर्ने बन्दरगाहसम्मको पहुँच पाउनेछ ।
खुला व्यापार सम्झौता
दुई देशबीच खुला व्यापार क्षेत्र निर्माण गर्ने समझदारीको तयारी पनि छ । यसबारे विस्तृत अध्ययन हुनेछ । त्यसपछि मात्रै खुल्ला व्यापार क्षेत्र कस्तो हुने भन्ने टुंगो लाग्नेछ ।
दुई देशबीच बैंकिङ सम्झौता
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बैंकिङ कारोबार सहज बनाउन दुई देशका केन्द्रीय बैंकबीच सम्झौता गर्ने तयारी पनि छ ।
इन्धन खरिद सम्झौता (टुंगो लाग्न बाँकी)
व्यावसायीक रुपमा चीनबाट इन्धन खरिद गर्ने सम्झौता गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल भएको छ । नेपालमा तेल र ग्यास उत्पादन गर्ने सम्भाव्यता अध्ययन सम्झौता गर्नेबारे पनि छलफल चलेको छ ।
थप सीमा नाका बिस्तार
किमाथांका र कोरला नाका खुलाउन प्रस्ताव गरिने भएको छ । हुम्लामा चीनसँगको पहुँच बढाउन हिल्सामा पुल बनाउने विषयमा पनि समझदारीको तयारी छ ।
र, यी पनि
जलविद्युतमा लगानी विस्तार, विकास निर्माणमा सहयोग प्रस्ताव, पेट्रोलियम अन्वेषण, सडकलगायतका सम्झौता, पोखरा विमानस्थलमा अनुदान पनि भ्रमणका एजेण्डा छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment