काठमाडौं, ४ चैत । नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले मधेसवादी दलका नेताहरुसँग आफ्नो कार्यालयमा भेट्न अस्वीकार गरेका छन् ।
शनिबारदेखि सुरु हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पूर्व मधेसवादी दलका नेताहरुले राजदूत चुन्ताईलाई चिनियाँ राजदूतावासमै भेट्न खोजेका थिए । तर, कुटनीतिलाई ख्याल गर्दै उनले कार्यालयमा भेट्न नमानेका हुन् । उनले अहिले मोर्चाका नेताहरुका लागि दूतावासको गेट बन्द गरिएका हुन् ।
अब चिनियाँ राजदूतलाई भेट्न मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनमा रहेका १५ दलका नेताहरु भोलि बिहान संग्रिला होटल जाने भएका छन् ।
भेट्न जानेमा दिल्लीबाट फर्किएका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टी अध्यक्ष अनिल झा, फोरम वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, रामसपा प्रवक्ता केशव झालगायत रहनेछन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment