Thursday, March 17, 2016

सार्कको सबैभन्दा ठूलो शत्रु गरिबीः प्रधानमन्त्री

४ चैत, काठमाडौं । नेपालको राष्ट्रिय गान बजाएर पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं मन्त्रीस्तरीय वैठक सुरु भएको छ । पोखराको ग्रान्ड होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैठक उद्घाटन गरे ।

उद्घाटन मन्तव्य दिदै प्रधानमन्त्री ओलीले गरिबी र पछौटेपन सार्कका देशहरुको साझा सत्रु रहेको औंल्याएका छन् । यस क्षेत्रको गरिबी निवारणका निम्ति सार्कका देशहरुबीच आपसी सहकार्यमा उनले जोड दिए ।

‘गरिबी नामको साझा सत्रुलाई पराजित गर्ननका लागि हामीसँग क्षमता र स्रोत दुवै छ । केवल हामीले आपसी समन्वय प्रगाढ बनाउनुपर्छ- उनले भने ।

प्रधानमन्त्री ओलीले सार्क क्षेत्रको समृद्धिको सपना पूरा गर्न ‘कनेक्टीभिटी’ सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए । उनले पूर्वाधार, विचार, सूचना, सञ्चार, प्रवृधि लगायतका क्षेत्रमा यी देशहरुबीच आपसी सम्वन्ध विकास गर्नुपर्ने उल्लेख गर्दै सार्क मुलुकहरुबीच आपसी व्यापार पनि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले नेपालमा हालै घोषणा भएको नयाँ संविधानका विषयमा पनि छोटो चर्चा गरे । नेपालको नयाँ संविधान उदाहरणीय रहेको भन्दै उनले यसबाट लोकतन्त्र संस्थागत गर्न सघाउ पुग्ने बताए । उनले भुकम्पका बेलामा नेपाललाई सहयोग गरेकोमा सबै देशलाई आभार व्यक्त गरेका छन् ।

वैठकको अध्यक्षता गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले स्वागत मन्तव्य दिएका थिए । उनले जल स्थल र वायु मार्गबाट सार्क सदस्य देशलाई जोडेर व्यापार विस्तार लगायत आर्थिक उन्नतिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतका विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसल मोहम्मद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment