Thursday, March 17, 2016

विराट पेट्रोलियमलाई इन्धन आयात तथा विक्री गर्न दिने निर्णय खारेज

४ चैत, काठमाडौं । सरकारले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने पूर्व निर्णय फिर्ता लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आपूर्तिमन्त्री गणेशमान पुनले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने निर्णय फिर्ता लिने प्रस्ताव गरेका थिए । बैठकले यसलाई स्वीकृत गरेको छ । यससँगै विराट पेट्रोलियम लगायतका ३५ कम्पनीसँग भएको सम्झौता खारेज भएको छ ।

भारतको अघोषित नाकाबन्दीका समयमा सरकारले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने निर्णय गरेको थियो । तर, विराट पेट्रोलियमलाई महंगो मूल्यमा इन्धन विक्री गर्न दिएपछि विवाद सुरु भएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धिकुलक बनाउन गृहकार्य गर्ने सैद्धान्तिक सहमति जनाएको छ । साथै पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि चीनको एजीएम बैकबाट प्राप्त ऋण स्वीकृत गरेको छ । साथै चिनियाँ सेनाले नेपाली सेनालाई दिएको ४९ करोड सहयोग पनि स्वीकृत भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment