५ चैत, धनगढी । कैलाली सहित सुदूरपश्चिमका अधिकांस बस्तीहरुमा शद्ध खानेपानीको पहुँच पुग्न सकिरहेको छैन । राज्यले खानेपानीको उचित ब्यवस्थापन गर्न नसक्दा अधिकांस बस्तीहरुमा शुद्ध खानेपानीको पहुँच पुग्न नसकेको हो ।
कैलालीको जिल्ला सदरमुकाम धनगढी, अत्तरिया, टीकापुर, लम्की, सुखड लगायतका बजार क्षेत्रमा केही मात्रामा खानेपानीको ब्यवस्था रहेपनि जिल्लाका ग्रामिण बस्तीमा भने शुद्ध खानेपानीको अभाव छ । शुद्ध खानेपानीको पहुँच पुग्न नसक्दा स्थानियबासी आर्सेनिक युक्त ह्याण्डपम्पको पानी पिउन बाध्य छन् ।
यस्तै जिल्लाको गोदावरी, निगाली, सहजपुर लगायत पहाडि क्षेत्रमा भने नदीखोला तथा मूलको पानी पिउनुपर्ने बाध्यता कायमै छ ।
शुद्ध पानीको समस्या कैलाली जिल्लामा मात्रै नभई कंचनपुर लगायत सुदूरपश्चिमका पहाडि जिल्लाहरुमा पनि छ ।
कञ्चनपुरको अधिकांस ग्रामिण बस्तीमा अझैपनि पूर्ण रुपमा शुद्ध खानेपानीको पहुच पुग्न नसकेको जिल्ला खानेपानी डिभिजन कार्यालयले जनाएको छ ।
नृप रावलबाट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment