Thursday, March 17, 2016

प्राकृतिक मुड्का ताल पुरिँदै

४ चैत, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाअन्तर्गत पर्ने चुरेको फेदीमा रहेको मुड्का ताल पुरिँदै जान थालेको छ ।

तालको उत्तरतर्फबाट बर्सातका बेला बगेर आउने पानीले माटो बगाएर ल्याउने गरेका कारण ताल पुरिँदै जान थालेको हो । एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको ताल माटोले पुरिएर अस्तित्व नै लोप हुने सङ्घारमा पुगेको छ ।

ताल संरक्षणका लागि भरपर्दो टेवा पर्खालको व्यवस्था नहुँदा ताल पुरिँदै गएको सिद्धबैजनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष भरतबहादुर ऐरले बताउनुभयो । ताल पुरिँदै जान थालेपछि ताल क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिङ्गरसमेत बासस्थानको अभावमा लोप हुने सङ्घारमा पुगेको उनले बताए।

ताल संरक्षणका लागि नगरपालिका र जिविस कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दासमेत सुनवाइ हुन नसकेको मन्दिर संरक्षण समितिका पूर्वअध्यक्ष दुर्गादत्त भट्टले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment