Thursday, March 17, 2016

कार्यकर्ता जोगाउन एमाओवादीलाई समस्या, योजना बनाउन सुझाव  

काठमाडौं, ५ चैत । दोस्रो ठूलो सत्तारुढ दल एकीकृत माओवादीमा पछिल्लो समय कार्यकर्ता पलायन हुन थालेको भन्दै गम्भीर चिन्ता हुन थालेको छ ।

काठमाडौंमा बिहीबारदेखि सुरू भएको एमाओवादीको ‘कार्यशाला’मा धारणा राख्ने अधिकाश स्थानीय नेता तथा सदस्यहरूले केन्द्रले स्पष्ट नीति बनाउन नसक्दा गाउँदेखि जिल्ला तहसम्मका कार्यकर्तालाई जोगाएर राख्न समस्या भएको गुनासो गरेका हुन् ।

उनीहरूले अब कार्यकर्ताको वर्गीकरण गरेर सोही अनुसारको जिम्मेवारी र क्रियाशीलता आवश्यक रहेको उल्लेख गरेका छन् ।

सुझाव राख्ने नेताहरूले केन्द्रीय नेता मुखी योजना र विलाशिताको राजनीतिले पार्टीका कार्यकर्तालाई गाउँमा जोगाइ राख्न समस्या भएको जनाएका थिए ।

एमाओवादीले स्थानीय तहमा संगठनमा देखिएको समस्या, सांगठनिक संरचना, कार्यदिशा र अन्य विविध समस्यालाई कसरी सम्बोधन गर्ने विषयमा सुझाव लिन ‘कार्यशाला’ बोलाएको थियो ।

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माका अनुसार कार्यशालामा आएका सुझावलाई ध्यानमा राखेर शनिबारदेखि सुरू हुने केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डा तय गरिनेछ । कार्यशाला आज पनि जारी रहनेछ ।

कार्यशालाको बैठक लम्बिएका कारण आजदेखि सुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठक शनिबारलाई सारिएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment