Thursday, March 17, 2016

प्रधानमन्त्री चीन जानै लाग्दा संघीय गठबन्धनले राजदूतलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं, ५ चैत । संघीय गठबन्धनले आफ्नो आन्दोलनको कार्यक्रम अन्तर्गत आज नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईलाई भेटगरेर ज्ञापनपत्र बुझाउने भएको छ ।

बिहान ९ बजे लाजिम्पाटस्थित सांग्रिला होटेलमा गठबन्धनले ज्ञापनपत्र बुझाउन लागेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

‘बिहान ९ बजे नेपालका लागि चिनियाँ राजदूतसँग भेट गरेर हाम्रो आन्दोलन र संविधानले गरेको विभेदका विषयमा जानकारी गराउँछौँ’, उहाँले भन्नुभयो, ‘छिमेकी मुलुक भएकाले नेपालको संविधानले कति भेदभाव गरेको छ भनेर चीनले पनि जानकारी राख्नु पर्छ ।’

प्रधानमन्त्री केपी ओलीले चैत ७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने तयारी गरिरहेका बेला संघीय गठबन्धनले आफ्नो ज्ञापनपत्र बुझाउन लागेको हो ।

ज्ञापनपत्रमा आफूहरूको लामो आन्दोलन, संविधानले गरेको भेदभाव र अन्य विभिन्न विषय समेटिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment