४ चैत, काठमाडौं । अवैध लागुऔषध डाइजेपाम र फेनारगनको कारोवार गरेको आरोपमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २ जनलाई पक्राउ गरेको छ ।
पर्सा विरगंजका संजय दत्त र काठमाडौं बत्तिसपुतलीका सुरजबिक्रम राणालाई ब्युरोको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५ सय ८० एम्पुल बुपे्रनोफिर्न, ५ सय ६४ थान एम्पुल डाइजेपाम र ५ सय ६४ थान नै फेनारगन बरामत गरेको ब्युरोका एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
एसपी सिंहका अनुसार संजयले भारतका असरफ भन्ने व्यक्तिसँग लागुऔषध ल्याएर काठमाडौंमा विक्रि गर्ने गरेका थिए । त्यसरी लागुऔषध ल्याए बापत एक पटकमा ७ हजार आइसी पाउने गरेको दत्तले प्रहरीसँगको बयानमा बताएका छन् ।
उनीसंगै पक्राउ परेका राणा भने आफैं लागुऔषध सेवनकर्ता हुन् । उनले आफु पनि लागुऔषध सेवन गर्ने र अन्य साथीहरुलाई पनि विक्रि गर्ने गरेको एसपी सिंहले बताए ।
एसपी सिंह भन्छन- ‘दत्तले भारतबाट लागुओषध ल्याउने र विक्रिको लागि राणाको साथ लिने गरेको देखिन्छ त्यस बापत राणाले केहि लागुऔषध सित्तैमा पाउने गरेका थिए भने केहि रकम पनि पाउने गरेका थिए ।’
बरामद अवैध लागुऔषधको बजार मुल्य ५ लाख बराबरको भएको प्रहरीले जनाएको छ । पछिल्लो समय औषधिजन्य लागुऔषधको कारोवार बढिरहेको छ । यस्ता लागुऔषध प्रायजसो भारतबाटै आउने गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment