४ चैत,पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलन आगामी नोभेम्बर दोस्रो साता पाकिस्तानमा हुने भएको छ ।
पोखरामा बिहीबार सम्पन्न विदेशमन्त्रीहरुको बैठकले सार्क सम्मेलनको मिति तय गरेको हो । सार्कको १९ औं शिखर सम्मेलन नोभेम्बर ८, ९ र १० तारिखमा हुनेछ ।
गत मंसिरमा १८ औं सार्क सम्मेलन काठमाडौंमा भएको थियो । अर्को सम्मेलन पाकिस्तानमा गर्ने तय भएपनि मिति भने सार्क देशका विदेशमन्त्रीहरुको बैठकले तय गरेको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment