५ चैत, काठमाडौं । नेपालमा द्वन्द्वकालका घटना छानबिन गर्न गठित आयोगप्रति मानवअधिकार विश्वप्यापी आवधिक समीक्षा बैठकमा असन्तुष्टि व्यक्त भएको छ ।
बुधबार साँझ जेनेभामा सम्पन्न बैठकमा भारतलगायत बिभिन्न देशले द्वन्द्वका घटना सम्बोधन सम्बन्धमा पहिलो बैठकमा उठेका कुरा पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका नागरिक दैनिकमा समाचार छ ।
बैठकमा मानवअधिकार आयोगको तर्फबाट प्रतिनिधित्व गरेकी सदस्य मोहना अन्सारीले दिएको जानकारी अनुसार असन्तुष्टि जनाउनेमा अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थासमेत थिए । आइसिजेलगायत स्वतन्त्र संस्थाका प्रतिनिधिले मानवअधिकार र द्वन्द्वकालमा भएका घटनामा नेपालको प्रतिबद्धता विश्वासयोग्य नभएको टिप्पणी गरे ।
‘नेपालको द्वन्द्वकालीन मुद्दा सम्बोधन सन्तोषजनक छैन,’ आइसिजेले भनेको छ, ‘यातना दिनेलाई कारबाही गर्नका लागि आवश्यक ऐन वृहत शान्ति सम्झौता भएको १० वर्षसम्म निर्माण गरिएन र दोषीलाई सजायसमेत गरिएको छैन ।’
द्वन्द्वकालमा भएका मानवअधिकार हननका मुद्दा सम्बोधन गर्न गठन भएका दुई आयोग (सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग)को कार्यसमेत सन्तोषजनक नपाइएको उसले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment