Thursday, March 17, 2016

ग्यासमा कालोबजारी रोकिएन, २२० सिलिण्डरसहित ३ पक्राऊ  

४ चैत, काठमाडौं । महाराजगञ्ज प्रहरीले कालोबजारी गरेर महंगोमा ग्यास बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ, बाँसबारी र टोखामा महाराजगञ्ज प्रहरीले छापा मारेर २ सय २० सिलिण्डर ग्याससहित तीन जनालाई पक्राऊ गरेको हो ।

बुढानिलकण्ठको निर्दोष स्टोर सञ्चालक टेकनाथ पोख्रेल १ सय १३ सिलिण्डर नारायणी ग्याससहित बिहीबार पक्राउ परेका छन् । पोखरेलले एक सिलिण्डर ग्यासको १५ सयदेखि १७ सय रुपैयाँसम्म लिने गरेको प्रहरीले बताएको छ ।

चिनजानका मान्छेलाई १५ सयमा र नचिनेका मान्छेलाई १७ सय रुपैयाँमा ग्यास बिक्री गर्ने गरेको सूचनाको आधारमा छापा मारेर पोख्रेललाई नियन्त्रणमा लिइएको महाराजगञ्ज वृत्तका डिएसपी विश्वमणी पोख्रेलले बताए ।

यसैगरी बिहीबारै बाँसबारीबाट नारायण गुरुङ ८३ सिलिण्डर नारायणी ग्याससहित पक्राउ परेका छन् । एउटा ग्यास १५ सय रुपैयाँमा बिक्री गर्ने गरेको सूचनाको आधारमा इन्सपेक्टर कमलराज पण्डित नेतृत्वको टोलीले गुरुङको ग्यास डिपोमा छापा मारेर नियन्त्रणमा लिएको हो ।

बुधबार पनि टोखाका रमेश डंगोललाई महंगोमा ग्यास बिक्री गरेको भन्दै प्रहरीले २४ सिलिण्डर तारा ग्याससहित पक्राउ गरेको थियो । ६५ सिलिण्डर ग्यास ल्याएका डंगोलले १५ सय रुपैयाँको दरले ४३ वटा बिक्री गरिसकेको प्रहरीलाई बताएका छन् । बाँकी २४ वटा ग्यास सिलिण्डर भने प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनालाई कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइने डिएसपी पोख्रेलले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment