Thursday, March 17, 2016

पाँच हजार घुससहित धनुषाका गाविस सचिव पक्राऊ

राजकमल सिंह

४ चैत, जनकपुरधाम । धनुषाको हंसपुर कठपुल्लाका गाविस सचिव पाँच हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले गाविस सचिव निरशन साहलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारको क्रममा सवारी दुर्घटनामा मृत्यु भएका एक महिलाबाट जग्गा नामसारीको लागि आवश्यक सिफारिस वापत साहले ५ हजार घुस लिएका थिए । ति महिलाले अख्तियारमा सम्पर्क गरेपछि डीएसपी सन्तोष आचार्य नेतृत्वको टोलीले सचिव साहलाई धनुषा मालपोत कार्यालय अगाडिबाट रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका साहसँग घुस पाँच हजारसहित झण्डै दुई लाख नगदसमेत बरामद भएको डीएसपी आचार्यले जानकारी दिए । उनीबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment