४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्प विश्वभर छाइरहेका छन् ।
तर, एक आर्थिक अध्ययनले उनी अमेरिकाको राष्ट्रपति बन्नु विश्वका लागि खतरा हुन सक्ने देखाएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले ट्रम्प राष्ट्रपति बन्नुलाई विश्वका सामू भएका १० ठूलो चूनौतीमा राखेको छ ।
ट्रम्पले विश्व अर्थ व्यवस्थामा व्यवधान ल्याउन सक्ने संस्थाले बताएको छ । र, उनी राष्ट्रपति भए अमेरिकामा राजनीतिक र सुरक्षाको खतरा पनि उत्पन्न हुने सक्ने विश्लेषण गरेको छ ।
यद्यपि ईआईयूले ट्रम्पले हिलारी क्लिन्टनलाई हराउन सक्ने सम्भावना देखाएको छैन, जसलाई उनको डेमोक्रेटिक प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ ।
ट्रम्प राष्ट्रपति बने बि्रटेनले युरोपीय संघ छाड्ने वा साउथ चाइना सीमा सशस्त्र झडप हुने जोखिम रहेको संस्थाले बताएको छ । ईआईयूले विश्वका जोखिमहरुमा चीनको आर्थिक संकट, युक्रेनमा रुसी हस्तक्षेप र सिरिया संकटलाई राखेको छ ।
ईआईयूले विश्वको जोखिमलाई १ देखि २५ सम्म मापन गर्छ, जसमा ट्रम्पलाई १२ अंंक दिइएको छ । यही स्तरमा चरमपन्थीहरुका कारण विश्वको अर्थ व्यवस्थामा उत्पन्न हुने अस्थिरतालाई पनि राखिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment