Thursday, March 17, 2016

पैसा कमाउन बिदाको दिन गोपालबहादुर खड्काले ठूलो निर्णय गरेको खुलासा

काठमाडौं, ५ चैत । सरकारको स्वीकृतिमा विराट पेट्रोलियम (प्रा)लिले आयात गरेको एक लाख ३२ हजार लिटर पेट्रोल विक्रीको स्वीकृतिका विषयमा विवाद भएको छ ।

आपूर्ति विभागले बिक्रीका लागि पम्प नतोकेको जनाएको छ भने नेपाल आयल निगमले विभागको निर्देशनमा स्वीकृति दिएको दाबी गरेको छ ।

विराट पेट्रोलियम (प्रा)लिले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सुरुमा १५५ रुपैयाँ ६५ पैसाका दरले पेट्रोल बिक्री गर्ने जानकारी गराएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उसले २९ फागुनमा सात ट्यांकरमा एक लाख ३२ हजार लिटर पेट्रोल रानी भन्सार कार्यालय विराटनगरबाट ल्याएको जानकारी गराएको थियो ।

तर, ११ फागुनमा पेट्रोल १५० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्ने जानकारी विभागलाई गरायो ।

२६ फागुनमा त्रिपुरेश्वरको जयन्ती पम्पले १३० रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल बिक्री गरेको विभागको अनुगमन टोलीले फेला पार्‍यो ।

पम्पले २६ देखि २९ फागुनसम्म १३० रुपैयाँका दरले २० हजार लिटर पेट्रोल बिक्री गरेको विभागले जनाएको छ ।

मूल्यको विषयमा चर्को विरोध भएपछि सोही पम्पले ३० फागुनमा ११ हजार लिटर पेट्रोल ९९ का दरले बिक्री गर्‍यो ।

ल्होसारको बिदा भएको २६ फागुनमा आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले गैरीगाउँको भ्याली रिकेश सप्लायर्स, टौदहको टौदह ट्रेडिङ प्रालि, काँडाघारीको समृद्धि आयल स्टोर र त्रिपुरेश्वरको जयन्ती आयल स्टोरलाई तेल बेच्न दिने एकल निर्णय गरे ।

उनले चारवटै पम्पलाई विराटको पेट्रोल बिक्री गर्न इच्छुक रहेको पत्रसमेत तयार गर्न लगाए ।

२६ फागुनबाटै जयन्ती पम्पले विराटको पेट्रोल बिक्री सुरु गर्‍यो । त्यसमा पम्पलाई प्रतिलिटर चार रुपैयाँ नाफा दिइएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment