Thursday, March 17, 2016

सर्वोच्चले राजनीतिक मामिलामा हस्तक्षेप गर्‍योः बैद्य माओवादी

४ चैत, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले द्वन्द्वकालीन मुद्दाबारे सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको छ ।

ओखलढुंगा जिल्ल अदालतले जारी गरेको वारेन्ट लगायतका कारबाही बदर गर्न माग गर्दै पूर्व सभासद केशव राईले दायर गरेको रिट सर्वोच्चले मंगलबार खारेज गरेको थियो । यससँगै राईलाई पक्राउ गर्ने बाटो खुलेको छ ।

माओवादी अध्यक्ष बैद्यले बिहीबार विज्ञप्ति जारी गरेर सर्वोच्चको आदेशले विगतमा दलहरुबीच भएको सहमति र सम्झौता उल्लंघन भएको बताएका छन् ।

उनले भने, ‘राज्यको एउटा अंगका रुपमा रहेको न्यायालयबाट राज्यद्वारा गरिएका सम्झौताहरु उल्लंघन गरेर राजीतिक मामिलामा हस्तक्षेप गर्ने काम भएको छ ।’

बैद्यले सम्झौता उल्लंघन गर्ने काम रोक्न सरकारलार्ए आग्रह गरेको छ । साथै द्वन्द्वकालीन मुद्दा खारेज गर्न माग गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment