Friday, April 1, 2016

ओली र प्रचण्डको पोल खोल्दै कांग्रेस सभापति देउवाले गरे कडा ट्वीट

काठमाडौं, १९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायाधिश नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले गरेको कामको जानकारी आफूले पाएको भन्दै त्यो काम तत्काल नगर्न आग्रह गरेको जानकारी ट्वीट मार्फत दिएका छन् ।

उनले ट्वीट गरेका छन्- सरकारले न्यायाधिश नियुक्त गर्नका लागि अध्यादेश ल्याउन लागेको जानकारी पाए, सो कार्य नगर्न प्रम ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरिसकेको छु ।

यसविषयमा सभापति देउवाले विहीबार टेलिफोन गरेर ओली र प्रचण्डलाई अध्यादेशमार्फत उच्च अदालतको न्यायाधिश नियुक्त गर्न लागिएकोमा आपत्ति जनाउँदै कुनै पनि खालको अध्यादेश आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी दिएका थिए ।

Deuba


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment