काठमाडौं, १९ चैत । सरकारले भारत र युरोपेली युनियन ईयुले नेपालको संविधानका विषयमा गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत र ईयुको संयुक्त विज्ञप्तिले नेपालीको भावनामा चोट पुगेको र सो संयुक्त राष्ट्र संघको बडापत्र विपरित रहेको निष्कर्षसमेत निकालेको हो । बैठकले अन्तर्राष्ट्रिय मन्चमा भारतले देखाएको रबैयाप्रतिसमेत गम्भीर आपत्ति प्रकट गरेको छ ।
बैठकमा भारत र ईयुको संयुक्त वक्तव्यमाथि छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भारत र ईयुको वक्तव्यप्रति आक्रामक देखिनुभएको थियो ।
यसैबीच बैठकमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गर्ने विषयमा पनि छलफल भएको थियो । बैठकले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक र फलदायी भएको निष्कर्ष निकालेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment