Friday, April 1, 2016

‘सीके राउत पागल हो, बहस गर्नु जरूरी छैन’

– रामकुमारी झाक्री

सीके राउत एक जना पागल हो । बिचरा उसले न कहिले नेपालको इतिहास पढेको छ । न पढ्ने कोसिस गरेको छ । न उसलाई नेपालको राजनीतिक इतिहास थाहा छ । न उसलाई नेपाली समाजको विकास क्रम नै थाहा छ । न नेपालका जातजाति, भाषा भाषी र क्षेत्रका जनता बीचको सांस्कृतिक सम्बन्धबारे अध्ययन गरेको छ । यस्तो ब्यक्तिबारे टिप्पणी गर्नु नै बेकार छ । यहाँ त त्यसलाई जति ठूलो स्वरमा गाली गर्यो त्यति नै हिरो भईन्छ की भनेर मान्छेहरू मच्चि मच्चि कराएको देखेर उदेक लाग्यो । यस्तो पागलको पहिला हैसियत बुझेर मात्र गफ गर्नु राम्रो हुन्छ ।

यसलाई सामाजिक बहसमा ल्याउनु भनेको ऊ उसको आफ्नो उद्देश्यमा सफल हुनु हो । त्यस कारण उसले सकारात्मक हुन नसके, नकारात्मक भए नी चर्चा होस भन्ने चाहान्छ । उसले कहिले नेपाली महिलाहरूलाई अपमानजनक कुरा बोल्छ कहिले के बोल्छ कहिले के बोल्छ । ताकि उसले बोलेपछि प्रतिक्रिया होस भन्ने चाहन्छ ।

अझ सरकारले गिरफ्तार गरोस, मुद्दा लगाओस, भन्ने उसको मनसाय हो । किन भने नेपालमा देशद्रोह गरे पनि मृत्युदण्डको कानुन छैन । मार्दैन बरू चर्चित भईन्छ । फेरि यहाँ त बन्दीप्रत्यक्षीकरणको मुद्दा, मावन अधिकार आदी नामका नयाँ प्रोजेक्ट पनि बनिहाल्नेछन । जुन कुरा उसको उद्देश्य नै हो । त्यसैले उसले यि हरकत गरिरहेको छ । यसका सहयोगी भएका छन केही चर्चा फोवियाकहरू । चर्चा फोविलाई पनि के भ्रम छ भने सीके राउतलाई गालि गरेर र यसलाई कारबाही गर्न सरकारलाई खबरदारी गर्यो भने २४ क्यारेटको देशभक्त र क्रान्तिकारी भईन्छ भन्ने भ्रमले ग्रसित छन् ।

अझ सरकारले गिरफ्तार गरोस, मुद्दा लगाओस, भन्ने उसको मनसाय हो । किन भने नेपालमा देशद्रोह गरे पनि मृत्युदण्डको कानुन छैन । मार्दैन बरू चर्चित भईन्छ । फेरि यहाँ त बन्दीप्रत्यक्षीकरणको मुद्दा, मावन अधिकार आदी नामका नयाँ प्रोजेक्ट पनि बनिहाल्नेछन । जुन कुरा उसको उद्देश्य नै हो । त्यसैले उसले यि हरकत गरिरहेको छ ।

मेरो स्पष्ट कुरा के छ भने, के सरकारले यस्ता आवाजलाई अमेरिकन वा चाईनीज मोडेलमा समाधान गर्नुपर्यो कि वेवास्ता गरेर । यि र यस्ता स्यालहरूका बारेमा सरकारले केटाकेटी कदम चाल्नुहुँदैन । सुरूका दिनमा यो पात्रा कतिपयका लागि बरदान भएको थियो ।

नेपाललाई क्षेत्रीय पृथकताबाद तर्फ लैजान कसैको दानापानीमा उ नेपाल आयो । तर, पछिल्ला दिनमा समग्र तराई मधेशको त के कुरा उ मध्य मधेशमा त पस्न पनि सक्दैन । केही लैनचौर चाटुकारले केही समय अगाडि उसलाई मान्छे जम्मा पार्दिने काम गर्दै थिए मधेशतिर तर हिजो आज उनीहरूको पनि रूचिको पात्रा उ रहेन । यसका बारेमा बहस गर्नु जरूरी छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment