काठमाडौं, १९ चैत । पृथकतावादी सीके राउतको अन्तर्वार्ता लिएर विवादमा तानिएका पत्रकार हुन् सुशील पाण्डे । एबीसी टेलिभिजनका लागि उनले बुधबार राउतको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा राउतले देश टुक्रिने शब्द पटक–पटक दोहोर्याएका थिए । उक्त शब्दलाई लिएर धेरैले राउतलाई गोली ठोक्नुपर्ने धारणा राखेका छन् भने अन्तर्वार्ता लिने सञ्चारमाध्यमलाई कारवाही गर्न माग गरेका छन् ।
यसैक्रममा सञ्चारमाध्यम नियामक निकाय प्रेस काउन्सिल नेपालले अन्तर्वार्ता लिने पत्रकार र टेलिभिजनमाथि प्रश्न उठाउँदै कारवाहीको चेतावनीसमेत दिएको छ ।
प्रेस काउन्सिलले कारवाही गर्ने भनेपछि पत्रकार पाण्डेले दुःख व्यक्त गरेका छन् । ‘हामीले स्वतन्त्र र निष्पक्ष रुपमा गरेको कामलाई लिएर मेरो संस्था र मेरो व्यवसायिक धर्ममा औंला उठाउने काम हुँदा दुःख लागेको छ,’ उनले भने ।
देशद्रोही सीके राउतलाई साथ दिनुभयो नि ? भन्ने प्रश्नमा उनले कुनै विवादित व्यक्तिलाई मिडियामा ल्याउँदा उसलाई नै साथ दियो भन्ने भनाई नै गलत भएको बताए ।
‘मधेस आन्दोलन असफल भएपछि देशले नै सीके राउततिर आँखा लगाइरहेका बेला त्यो गतिविधिलाई जनतासामु पुर्याएर उनलाई जनताका अगाडि नङ्ग्याएका हौं । मिडियाको काम सत्यतथ्य बाहिर ल्याउनु नै हो । उसका आलोचनात्मक कुरालाई पनि बाहिर ल्याउनुपर्छ । ताकी सारा जनताले थाहा पाउन् । तिखो प्रश्नले लोकतन्त्रलाई बलियो बनाउँछ । हामीले पत्रकार आचारसंहिताको पालना गरेरै यो अन्तर्वार्ता लिएका हौं । उसले पहिलो चोटी देश टुक्र्याउँछु पनि भनेको होइन । अहिलेसम्म सरकारले के हेरर बसेको थियो । हामीले उसले गरेको काम के हो भनेर सोध्नु कसरी आचार संहिता उल्लंघन भयो । नसोध्नु पो आचारसंहिता उल्लंघन हो । यद्यपी हामी पत्रकारभन्दा पहिला यो देशका नागरिक हौं । राष्ट्रियता एकता र अखण्डतामा प्रतिबद्ध छौं । तर, पेसा पत्रकारिता भएकाले कारण खोतल्ने प्रयास गरेका हौं । सीके राउतले १० चोटी भने पनि देश टुक्रिदैँन । तर, उनी किन र के कारणले यस्तो भन्दैछन् त्यो खोज्नुपर्यो । उसको अनुहारै नल्याउने भन्ने हुँदैन ।
यो अन्तर्वार्ता लिएपछि मलाई सकारात्मक र नकारात्मक दुवै प्रक्रियाहरु आएका छन् । लोकतन्त्रमा मिडियाले स्थायी प्रतिपक्षी बनेर सूचना जनताका सामु प्रस्तुत गर्ने हो । गलत सहि छुट्याउने काम जनताको हो ।
अन्तर्वार्ता लिँदा मैले उहाँलाई बारम्बार देश टुक्राउँछु भनिरहनुभएको छ, तपाईंलाई राष्ट्रदोही भनेर जेल किन नहाल्ने ? पश्चिमा देशको पैसा खाएर स्वतन्त्रताको वकालत किन ? मधेसका निमुखा जनतासँग तपाईंका एजेण्डाको के मतलब ? अर्काको उक्साहटमा नचाहिँदो काम गर्ने तपाईं ? भनेर प्रश्न गरेको थिए । तर यहाँ अन्तर्वार्ता लिइएको मात्रै हेरियो र कारवाहीको कुरो आयो ।
म स्पष्टसँग भन्न चाहन्छु म र मेरो संस्था सीके राउतको पक्षमा र प्रोत्साहनमा लागेको छैन । सत्य कुरालाई जनतामाझ ल्याउन अडिग छौं । तर, हामी राष्ट्रविरुद्ध जाँदैनौं । उनी देशद्रोही हुन वा होइनन् अदालतले फैसला गर्ला । तर, मेरो व्यवसायिक र धर्ममा औंला उठाउने कार्यले दुःख लागेको छ । तै पनि मेरा साथमा दर्शक हुनुहुन्छ ।
यस्तो थियो सीके राउतको अन्तर्वार्ताः
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment