Friday, April 1, 2016

मातृभूमि नेपाल पार्टीसहित झण्डै ३ सय जना नयाँ शक्तिमा प्रवेश

काठमाडौं, १८ चैत । मातृभूमि नेपाल पार्टीका केन्द्रीय अध्यक्ष वद्रीप्रसाद उप्रेतीसहित २३ केन्द्रीय सदस्यहरु नयाँ शक्तिमाआवद्ध भएका छन् । नयाँ शक्तिको पार्टी मुख्यालय बबरमहलमा बिहीबार आयोजित कार्यक्रममा संयोजक डा. बाबुराम भट्टराईले उनीहरुलाई स्वागत गरे ।

नयाँ शक्तिमा प्रवेश गर्नेहरुमा अध्यक्ष उप्रेतीका अलावा सहअध्यक्ष तुलसा पाठक, उपध्यक्ष रोहित मैनाली र शान्ताकुमारी पोखरेल, महासचिव प्रविण मैनाली लगायत छन् ।

नामावलीसहितको विज्ञप्ती:

Naya Shakti

Naya Shakti 1

यसका अलावा जनमोर्चा नेपालका केन्द्रीय सदस्य नारायण भट्टराई, जनजागरण पार्टी जुम्लाको संयोजक विश्वमित्र न्यौपानेसहित सम्पूर्ण जिल्ला कमिटी तथा बझाङका प्रभावशाली युवा नेता टेकेन्द्र जोशीको नेतृत्वमा विभिन्न पेशा-व्यवसायीको २०० जनाको समूह पनि नयाँ शक्तिमा समाहित भएको छ ।

नवआगन्तुकहरुलाई स्वागत गर्दै संयोजक भट्टराईले मुलुक यसअघि रहेका १ सय ८० वटा पार्टीमा एउटा थपेर १ सय ८१औं पार्टी बनाउनमात्रै खोजिएको होइन भने । पार्टीको संख्या थप्ने नभएर मुलुकलाई नयाँ राजनीतिक विकल्प दिने आफूहरुको प्रयास रहेको भट्टराईको भनाइ थियो ।

साथै उनले यसअघिको महत्वपूर्ण ७५ वर्ष लोकतान्त्रिक आन्दोलनमा खर्चिएको भन्दै अब आर्थिक समृद्धिमा लाग्नु पर्ने बताए । नेपालको आफ्नै स्रोत साधन प्रयोग गरेर आर्थिक समृद्धि सम्भव रहेको उनको भनाइ छ ।

नवआगन्तुकहरुलाई अबिर, माला र खादाको सट्टा पुस्त दिएर स्वागत गरेका भट्टराईले नयाँ शक्तिलाई जरैदेखि नयाँ बनाउन खोजिएको बताए । नयाँ शक्तिले १ लाख जना संस्थापक सदस्य बनाउने तयारी गरेको पनि उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment