काठमाडौं, १९ चैत । राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्टलाई पार्टीबाट निश्कासन गरेको छ ।
वीरगन्जमा जारी राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठकले पार्टी हित विपरित गतिविधिमा संलग्न भएको भन्दै सहअध्यक्ष केशरबहादुर विष्टलाई ३ बर्षका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष कमल थापामाथि प्रश्न उठाउँदै विष्टले केही दिनअघिमात्रै विज्ञप्ति जारी गरी पार्टी सञ्चालन र सरकारमा सहभागिताको विषयमा आलोचना गरेका थिए ।
उनले पार्टी तुरुन्त सरकारबाट फिर्ता हुनुपर्ने समेत भनेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment