धानमन्त्री केपी शर्मा ओलीलाई लिएर चीन लिएर गएको हिमालयन एयरलाइन्सका मुख्य लगानीकर्ता बाहिरीने भएका छन् । हिमालयन एयरलाइन्सका प्रमुख लगानीकर्ता पृथ्वीबहादुर पाण्डे हिमालयन एयरलाइन्सबाट बाहिरीने भएका हुन् ।
यससँगै ५ वर्षमा १० ठूला विमान भित्र्याएर नेपाली उड्ययन इतिहासमा नक्षत्र बन्ने उदेश्य लिएको हिमालय एअरलाइन्सको भविष्य पहिलो व्यवसायिक उडान नभर्दै आशंकाको घेराभित्र परेको छ । विभिन्न सञ्चार माध्यममा आएको खबर अनुसार हिमालय एअरलाइन्सबाट बाहिरिने प्रक्रिया अघि बढिसकेको बताइएको छ ।
पृथ्वीबहादुर पाँण्डे हिमालय एअरलाइन्सका अध्यक्ष हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर यो एयरलाइन्सको विमान चीनको औपचारिक भ्रमणमा जाँदा पाँण्डे पनि भ्रमण दलका सदस्य थीए ।
खबर अनुसार आफू अध्यक्ष रहेको विमानमा प्रधानमन्त्रीसँगै पहिलो फ्लाइटमा सयर गर्नु भएका पाण्डे त्यस भ्रमणपूर्व नै कम्पनीबाट बाहिरिने निर्क्यौल भइसकेको थियो । अध्यक्ष पाण्डेसँगै हिमालय एयरलाइन्सका सञ्चालक समितिका अन्य दुई सदस्य पनि कम्पनीबाट बाहिरिदैँ छन् । ५१ प्रतिशत हिस्सा राख्ने नेपाली पक्षमा पृथ्वीबहादुर पाण्डे, महेश्वर श्रेष्ठ, आङछिरिङ शेर्पा र सुमन पाण्डे गरी चार जना कम्पनीको बोर्डमा छन् ।
स्रोतः TourismNews360.com
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment