मुम्बई : बलिउड बादशाह शाहरुख खानको फिल्म फ्यानलाई सेन्सर बोर्डले युए सर्टिफिकेट दिएको छ। सेन्सर बोर्डले फिल्ममा ‘प्रहरी हिरासतभित्र भएको हिंसात्मक दृष्य’लाई आधा काट्न भनेको छ भने अन्य ६ ठाउँमा प्रयोग भएको अंग्रेजी र हिन्दी भाषाका शब्दहरु डिलिट गर्न निर्देशन गरेको छ।
अप्रिल १५ मा रिलिजको तयारीमा रहेको फिल्ममा हिंसात्मक दृष्यहरु रहेको बताउँदै सेन्सरले त्यसलाई कम गराउन निर्देशन दिएको हो।
फिल्मलाई सेन्सर बोर्डले युए सर्टिफिकेट दिएका कारण खानका कम उमेरका फ्यानहरुले फिल्म फ्यान हेर्न अनिवार्य रुपमा आफ्ना वयस्क अभिभावकलाई लिएरै जानुपर्नेछ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment