चैत्र १९, २०७२- संजय दत्त जेलबाट छुट्नासाथ उनको सम्मानमा पार्टी दिने भनिएका सलमान खानले अहिलेसम्म संजयलाई भेटेका पनि समेत छैनन् । न त उनीहरुले एकअर्काका विषयमा कुनै हार्दिक कुरा नै बोलेका छन् ।
यसलाई लिएर अहिले यी दुई पुराना साथीको सम्बन्ध बिग्रिएको अनुमान गरिएको छ । र, यसको कारण मानिएको छ रणवीर कपुरलाई ।
कट्रिनासँग रणवीरको सम्बन्ध बिग्रिएदेखि नै सलमानले रणवीरलाई वास्ता गरेका छैनन् । रणवीर भएका कार्यक्रम र पार्टीहरुमा समेत उनी गएका छैनन् । रणवीरसँग सम्बन्ध हुनुअघि कट्रिना सलमानकी प्रेमिका थिइन् । कट्रिनाको रणवीरसँग सम्बन्ध भएदेखि नै सलमान उनलाई मन पराउदैनन् ।
संजय दत्तको जीवनमाथि बन्न लागिरहेको राजकुमार हिरानीको फिल्ममा रणवीरले संजयको भूमिकामा अभिनय गर्ने कुरा सलमानलाई मन परेको छैन । उनले संजयलाई यो कुरा भनेका पनि छन् । तर, संजय रणवीरलाई मन पराउँछन् । संजय र हिरानी भएर रणवीरलाई मुख्य भूमिकाका लागि छनोट गरेका छन् ।
रणवीरलाई यो भूमिकामा छनोट गरेकोमा चित्त नबुझेकाले सलमान संजयसँग समेत टाढिएको बताइएको छ । यसैकारण उनले संजयका लागि दिने भनेको पार्टी पनि नदिएको बताइन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment