काठमाडौं – रिपोर्टर्स क्लब नेपालको चौथो महाधिवेशनले चार वर्षको लागि नयाँ केन्द्रीय कार्य समिति चयन गर्दै बिहीबार सम्पन्न भएको छ ।
७५ जिल्ला शाखाबाट आएका २०० प्रतिनिधिहरुले सर्वसम्मतिले सभापतिमा ऋषि धमलालाई पुनः चयन गरेको छ ।
त्यसैगरी महाधिवेशनले कार्य समितिको बरिष्ठ उपाध्यक्षमा ईमेज च्यानका न्यूज डेस्क इन्चार्ज डिल्ली बसेल, उपाध्यक्षमा नेपाल टेलिभिजनका समाचार सम्पादक महाप्रसाद लामिछाने, रिपोर्टर्स नेपाल डटकमका बैकुण्ठ ढुंगाना, महासचिवमा खोजतलास दैनिकका सम्पादक शशी कोइराला, सचिवमा नेपाल टेलिभिजनका संवाददाता दिलिप थापामगर, र कोषाध्यक्षमा पञ्चावती मासिकका सम्पादक मुकुन्द कालिकोटेलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा चिरिञ्जबी ढुंगाना अन्नपूर्ण पोष्ट दैनिक, अनिल गिरी द काठमाडौ पोष्ट दैनिक, पर्शुराम काफ्ले नयाँ पत्रिका दैनिक, भुवन शर्मा राजधानी दैनिक, लिलाराज खनाल कमाण्डर पोष्ट दैनिक, कृष्ण अधिकारी रासस, सरस्वती कर्माचार्य ईमेज च्यानल, सुरेश यादव गोरखापत्र दैनिक, विजय रेग्मी एभिन्यूज टेलिभिजन, माधव धिताल सेतोपाटी डटकम, कृष्ण गौतम रासस, हरिशरण तिमिल्सिना कान्तिपुर टेलिभिजन, रामकुमार क्षत्री चेतना न्यूज डटकम, नारायण गिरी अभिभारा साप्ताहिक, गोपाल बराईली कमाण्डर पोष्ट दैनिक, हिरालाल विश्वकर्मा हिमालय टाईम्स दैनिक रहेका छन । बाँकी केन्द्रीय सदस्यहरु भने नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठकले मनोनयन गर्ने सभापति ऋषि धमलाले जानकारी दिए ।
त्यसैगरी महाधिवेशनले संविधान अनुसारको संघीय संरचनामा क्लबलाई लैजान संघीय रिपोर्टर्स क्लब शाखा गठन गर्न सातै प्रदेशको संयोजक तोकेको छ । संयोजकले ६ महिनाभित्र सम्बन्धीत शाखाको जिल्ला शाखाहरुको भेला गरेर प्रदेश शाखा गठन गर्ने छन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment