Friday, April 1, 2016

ठमेलमा अचानक किन हान्यो प्रहरीले छापा ? खुल्यो राति रातिको पोल

काठमाडौं, १९ चैत । राजधानीको पर्यटकीय नगरी ठमेलमा प्रहरीले अचानक छापा मारेपछि व्यवसायीहरु त्रसित बनेका छन् ।

अवैध धन्दा सञ्चालन हुने गरेको सूचना आएपछि छापा हानेको प्रहरीको दाबी छ । बुधबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले क्षेत्रपाटी भोजनालयमा छापा हानेर वेश्यावृतिमा लागेका ७ जनालाई रंगेहात पक्राउ गरेको थियो ।

सोह्रखुट्टे वृत्तका इन्चार्ज डीएसपी सोमेन्द्रसिह राठौरले वेश्यावृत्ति भइरहेको सूचना पाएर छापा हानेको जानकारी दिँदै भन्नुभयो– ‘बाहिर भोजनालय, भित्र त कोठी रहेछ । दुई वटा कोठामा आपत्तिजनक अवस्था रंगेहात फेला पा¥यौं । त्यहाँ कण्डम पनि भेटियो । अब कानुन अनुसार मुद्दा चलाउँछौं ।’

अहिले मात्रै किन छापा हान्नुभयो भन्ने प्रश्नमा डीएसपी राठौरले भन्नुभयो– ‘म यहाँ आएको १२ दिन मात्रै भयो । यहाँको गलत कामलाई बन्द गर्ने मेरो अभियान हो । ठमेललाई मर्यादित बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’

उहाँले अवैध धन्दाको सूचना पाएसम्म कसैलाई नछाडिने बताउनुभयो । ‘अरुले के गरे मलाई थाहा छैन तर, अबको एक महिनाभित्र ठमेललाई मर्यादित बनाउने मेरो मिशन हुनेछ’ उहाँको भनाइ थियो ।

डिएसपी राठौरले ठमेलमा अवैधरुपमा सञ्चालित यौनधन्दाका साथै स्पा, मसाज सेन्टर, डान्स र डिस्कोमा छापा मारेको बताउनुभयो । पर्यटकीय नगरी ठमेल क्षेत्रमा यौनधन्दा फस्टाएको, लागूऔषध कारोबारीको संख्या उल्लेखनीय रहेको, सडकमै बसेर रातको समयमा नाङ्लो पसललेहरुले थोरै परिणाममा लागूऔषध बेच्ने गरेको पाइएपछि छापा मारिएको उहाँको भनाइ थियो ।

उहाँले ठमेलका मसाज सेन्टरमा विशेष निगरानी राखिएको भन्दै आचारसंहिता अनुसार व्यवसाय गर्न रात्री व्यवसायीसँग छलफल गरेको र आचारसंहिता पालना नगरे बन्द गर्नुस् भनेको बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment