काठमाडौं, १९ चैत । १३ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका नेपाली कांग्रेसका मनोनित केन्द्रीय सदस्य अर्जुननरसिह केसीले मुख खोलेका छन् ।
महामन्त्रीमा ज्वाई गगन थापासँगै चुनाव लडेका केसीले शुक्रबार आफ्नो एक अन्तर्वार्तामा हारका तीन कारण खुलाएका छन् ।
सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा उठेका केसीले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियामा हारजित हार स्वभाविक भएको बताउँदै भने- ‘मैले हेर्दा म विजयी हुन नसक्नुका तीनवटा कारकतत्व पाएको छु । पहिलो, म जुन टिमबाट चुनाव लडेँ, त्यहीँभित्रबाट ब्यापक क्रस भोटिङ भयो । दोस्रो, वीपी कोइरालाको लिगेसीले पनि काम र्गयो । तेस्रो, पारिवारिक अवस्थालाई संयोजन गर्न नसक्दा त्यसले मतदातामा मनोवैज्ञानिक असर गर्यो । त्यो मनोवैज्ञानिक उथल–पुथल (साइकोलोजिकल अप्हिभल) थियो ।’
उनले आफू क्रस भोटिङ अर्थात अन्तरघातका कारण हारेको बताए । ‘मुख्य कारण क्रम भोटिङ नै हो तर, गगनजी र वीपी कोइरालाको प्रभाव पनि पर्यो,’ उनले भने ।
उनले यो हदसम्म क्रम भोटिङ होला भनेर आफूले नसोचेको भन्दै विश्वासले राजनीति चल्छ भनेर त्यो विश्वासमा म रहेँ र यतिसम्म होला भनेर मैले नकारात्मक विश्लेषण नै नगरेको बताए ।
उनले ज्वाई गगन थापाले हतार गरेको यद्यपी लोकतन्त्रमा प्रतिस्पर्धा गर्न पाउने धारणा राखे ।
देउवा प्यानलबाट महामन्त्री लडेका केसी पराजित भएका थिए । उनीसँगै कृष्ण सिटौला प्यानलबाट प्रतिस्पर्धा गरेका ज्वाई गगन पनि पराजित भए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment