Friday, April 1, 2016

भारतको प्रस्तावमा चीन असहमत

२० चैत, काठमाडौं । चीनले संयुक्त राष्ट्रसंघमा आंतकवाद मुद्दा लैजाने भरतीय चाहनाको पक्षमा आफूलाई उभ्याएको छ ।

पञ्जावको पठानकोट एयरबसमा भएको आतंकवादी आक्रमणको मुद्दालाई भारतले संयुक्त राष्ट्रसंघमा उठाउँदै जेस ए मोहमद प्रमुख मौलान मसुद अजहरमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

भारतले अल कायदा सेक्सन कमिटिमा रहेका मोहाना मसुद माथि राष्ट्रसंघ मार्फत कारबाही चलाउन खोजेको थियो ।

समाचार अनुसार संयुक्त राष्ट्रसंघमा १५ देशमध्ये १४ देश मोलानामाथि प्रतिवन्ध लगाउने पक्षमा थिए । तर पनि चीन एक्लै आतंकबादी संगठन पक्षमा गएको आरोप भारतीय सञ्चार माध्यमहको छ । चीनले भारतीय मागका पक्षमा जान नसक्ने बताएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता होङलीले कुटनीतिक जवाफ दिदैँ आफ्नो मुलुक सवैखालको आतंकवादको विपक्षमा रहेको बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment