एजेन्सी । लण्डनमा यतिबेला साउदी अरबका एक पर्यटकको चर्चा खुब चलिरहेको छ । छुट्टी मनाउन लण्डन अएका यी साउदीका पर्यटकले आफ्नो साथमा ४ वटा सुपर कार लिएर पुगेका थिए । यी चार वटै कारमा सुनको जलप लगाएको थियो । यी कारहरुको मूल्य दश करोड रुपैयाँभन्दा बढी पर्छ । उक्त पर्यटकको नाम ‘तुर्की बिन अब्दुल्ला’ बताइएको छ ।
रिपोर्टअनुसार, केन्सिंगटन क्षेत्रमा यी सुनका कार देखिएका थिए । साउदीबाट कतार एयरवेजको हवाईजहाजबाट कारलाई लण्डनसम्म पुयाइएको थियो । करिब पाँच हजार किमी टाढाबाट लण्डन ल्याउनका लागि कारको मालिकले ४३ लाख रुपैयाँबढी खर्च गरेको बताइएको छ । यद्यपी, ती कारहरुमा सुनको जलप लगाउँन कति खर्च लाग्यो, त्यसको जानकारी नै छैन ।
अब्दुल्ला नामक यी व्यक्ति प्रत्येक बर्ष छुट्टी मनाउँन युरोपका विभिन्न ठाउँमा बिताउने गरेको बताइन्छ, यसै सिलसिलामा उनले प्लेनबाटै कार लिएर आउँछन् । अब्लुल्ला साउदी अरबको राज परिवारसँग सम्बन्धित बताइन्छ ।
ती चार कारहरुमा, ‘मर्सडीज जी ६३’ जसको मूल्य करिब पाँच करोड, ‘बेन्टले फ्रलाइंग स्पर’ जसको मूल्य तीन करोडभन्दा बढी, ‘रोल्स रोयस’ जसको मूल्य पाँच करोडभन्दा माथि र ‘ल्याम्बोर्गिनी एभेन्टेडर एसवी जसको मूल्य पाँच करोडभन्दा बढी पर्छ ।
लण्डनमा गलत तरिकाले पार्किङ गरिएमा १७,१०० नेपाली रुपैयाँ फाइन तिर्नुपर्छ । यदि फाइन नचुकाएमा कारलाई हटाउने पनि गरिन्छ । जसमा अब्दुल्लाको ती चार वटै कारले पनि फाइन तिर्नुपयो । मंगलबार र बुधबार म्यान्डेरियन ओरिएंटल होटल बाहिर ती कारहरु उभिएको देखिए । जसमा ल्याम्बोर्गिनी कारमा दुई फरक–फरक फाइनको ट्याग लगाएको देखियो ।
महंगा कारका सौखिन अरबपति तुर्की बिन अब्दुल्लाले केही दिन पहिले आफ्नो इन्स्ट्रग्राममा एक भिडियो सेयर गरेका थिए । यस भिडियोमा मरुभूमि क्षेत्रमा सुनको मर्सडीज कारबाट ऊटलाई पछ्याइरहेको देखिए । उनको इन्ट्राग्राममा धेरै महंगो कारहरुको तस्वीरहरु राखेका छन् । अब्लुल्लाको अर्को फोटो पनि भाइरल भएको थियो, जसमा उनको कारको पहिलो सिटमा चितुवा बसिरहेको देखिन्थ्यो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment