ठमेलस्थित ‘मिथिलायन ग्यालरी’ चलचित्र ‘राहदानी’मय भएको छ । ‘राहदानी’ हेरेर ३५ जना कलाकारले तयार पारेका ३५ थान चित्रहरु सो ग्यालरीमा प्रदर्शनीका लागि राखिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले उक्त प्रदर्शनीको उद्घाटन गरे । अध्यक्ष राइले कलाकारहरुले बनाएको चित्रले ‘राहदानी’लाई अझ नजिकबाट बुझ्न सजिलो हुने भनाई राखे ।
कला समीक्षक रमेश खनालले चलचित्र र चित्रलाई जोड्ने काम ‘राहदानी’बाट भएको बताए । कलाकार राधेश्याम मुल्मीले ‘राहदानी’ अहिलेको समाजको युवाहरुको चित्रण भएको धारणा राखे ।
‘राहदानी’का निर्माता लक्ष्मीप्रसाद ढकालले शुक्रबारबाट मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज हुने बताए । निर्देशक डब्बु क्षत्रीले यी चित्रकला बुधबारसम्म ठमेलको मिथिलायन ग्यालरीमा प्रदर्शनीका लागि रहने र त्यसपछि राजधानीका मल्टिप्लेक्स हलमा चलचित्रसँगै प्रदर्शनी गरिने जानकारी गराए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment