Wednesday, March 23, 2016

ल्हारक्याल लामा ३० लाख धरौटीमा छुटे

एमाओवादी सांसद ल्हारक्याल लामा ३० लाख धरौटीमा छुटेका छन्।

वैदेशिक रोजगार विभागले  लामासँग् ठगीको मुद्दामा ३० लाख धरौटी मागेपछि बुझाएर लामा छुटेका हुन् । लामालाई आज दिनभर वैदेशिक रोजगार विभागले बयान लिएको थियो । विभागका तर्फबाट कानुन अधिकृत सचित वाइवाले बयान लिएका थिए।

लामाले पनि आफूलाई फसाएको बताएका छन् । वैदेशिक रोजगारबाट छुटेपछि लामाले पत्रकारसँग कुरा गर्दै आफूलाई सुनुयोजित रुपमा फसाएको बताएका हुन् ।  लामाले विना प्रमाण आफूलाई ठगी केशमा फसाइएको बताए।

लामाले विभागले आफूमाथि ३० लाख धेरै रकम धरौटी मागेको भन्दै असन्तुष्टि जनाए।  ‘म माथि अन्याय भएको छ’ लामाले भने   ‘केहीदिनभित्र नै पत्रकार सम्मेलन गर्छु ।’ लकरमा भेटिएको गोलीबारे लामाले खुलेर बोलेनन्।

लामाको लकरमा १४ थान गोली भेटिएपछि गत फागुन ३० गते उनी पक्राउ परेका थिए। ६६ हजार ७ सय धरौटीमा छुटेका लामा वैदेशिक रोजगारमा ठगी गरेको  मुद्दामा फेरि पक्राउ परेका थिए।

अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा र तिरिङडोल्ला लामाविरुद्ध २०६९ भदौमा उजुरी दिएका थिए। ल्यारक्यालले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको तीन सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक-पटक गरी दुई करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभागमा उजुरी परेको थियो।

साभारः रातो पाटी


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment