विजय थापा
वाशिंटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीलाई फ्रेडरिक्सवर्ग शहरका मेयर मेरि क्याथरिन ग्रिन लले स्वागत गरेका छन् । मेयर क्याथरिनसँगै मेरी वाशिंटन युनिभर्सिटीका प्रेसिडेण्ट डा. रिचार्ड हर्लीले मेरि वाशिंटन विश्वविद्यालयको ड्युड हलमा स्वागत गरेका हुन् ।
फ्रेडरिक्सवर्ग तथा काठमाडौंबीच जनस्तरमा भगिनी शहरको रुपमा आदान प्रदान गर्ने र सहयोग पुर्याउने उद्देश्यले गठित समितिका अध्यक्ष पूर्ण श्रेष्ठ, सदस्य गोविन्द गिरी प्रेरणासमेत सहभागी थिए ।
सो वैठकमा परियोजनाका परिकल्पनाकार डेभिड काप्ररा, मेयर मेरि क्याथरिन ग्रिन ल, सिटी काउन्सिल म्यान म्याथ्यू केली, मेरि वाशिंटन युनिभर्सिटीका अध्यक्ष डा. रिचार्ड हार्ली, सेण्टर फर इण्टरनेशनल एजुकेशनका निर्देशक डा. होजे सान्चेज, विभागिय प्रमुख डा. क्रेग भासी, वुद्धिजमका प्राध्यापक तथा नेपाल आदान प्रदानका डा. डानियल हिर्चस्वर्ग, मल्टिकल्चरल फेयरकी सु ह्याण्डरसन उपस्थित थिए ।
सो अवसरमा राजदूत कार्कीले जनस्तरमा भगिनी शहरको अवधारणालाई सकारात्मक रुपमा आफूले लिएको वताउँदै सोका लागि दूतावास तथा राजदूतले गर्न सक्ने सहयोग गर्न आफू खुल्ला रहेको बताए ।
सो अवसरमा राजदूत डा. कार्कीले अमेरिका तथा बेलायतले नेपाल भ्रमणका लागि जारी गरेको यात्रा चेतावनी हटाएको वताउँदा सबैले खुशी मानेका थिए l नेपालका विश्वविद्यालयमा अध्ययन अनुसन्धानका लागि बाटो खुलेकोमा हर्षित भएका थिए ।
बैठक पश्चात् राजदूत कार्कीलाई विश्वविद्यालयका विभिन्न चाखलाग्दा विभाग भ्रमण गराइएको थियो भने एउटा कक्षा कोठामा राजदूत पुगेपछि विद्यार्थीहरुसँग प्रत्यक्ष कुराकानी गरेका थिए । विद्यार्थीहरु यसरी साक्षात्कारको अवसर पाएकोमा प्रशन्न भएका थिए ।
समाचार सौजन्यः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment