धुन्चे (रसुवा) : रसुवाको सदरमुकाम धुन्चे र आसपासको क्षेत्रमा बिहान ६ बजेदेखि भीषण हावाहुरी चलेको छ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौं घरका जस्ताका छानाहरु उडाएको र बसोबासमा प्रभावित तुल्याएको छ। अहिले स्थानीयवासी सुरक्षित ठाउँको खोजी गर्दै बसिरहेका छन्।
अहिले हिँड्डुल गर्ने अवस्था नभएको र हावाहुरीले जस्ताको टहरो र त्रिपाल, टेन्टमा बस्ने हजारौं बासिन्दा प्रभावित भइसकेका र सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताए।
उता मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन। हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोको चपेटामा परेको बताइएको छ। क्षतिको विवरण यकिन भएको छैन। रासस
समाचार सौजन्यः पहिलो पोष्ट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment