दुई दर्जनभन्दा बढी मान्छेको ज्यान जाने गरी बेल्जियमको राजधानी ब्रसेल्समा भएको आत्मघाती बम आक्रमणपछि युरोपभरीको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । ब्रसेल्स एयरपोर्टबाट सबै उडानहरू रद्द गरिएको छ ।
ब्रसेल्समा मेट्रो स्टेशन लगायतका सार्वजनिक स्थानहरू बन्द गरिएको छ भने पेरिस, लन्डन लगायतका अन्य युरोपियन शहरहरुमा सुरक्षा स्टाटस लाई हाई अलर्टमा राखिएको छ।
पेरिस, लन्डन र ब्रसेल्स जोड्ने रेल लिक युरोस्टार सस्पेन्ड गरिएको छ। संवेदनशिल क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिए पनि जनजीवन भने सामान्य नै रहेको छ ।
लन्डनमा एयरपोर्ट लगायतका संबेदनशिल क्षेत्रमा हतियारधारी पुलिसको गस्ती बढाईएको छ। बेलायतका प्रधानमन्त्री डेभिड क्याम्रूनले क्याबिनेटको आकस्मिक सुरक्षा बैठक (इमर्जेन्सी कोब्रा मिटिङ) सम्पन्न गर्दै सुरक्षा अवस्थालाई उच्च सतर्कतामा राखिएको जनाएका छन्। उनले उक्त आक्रमणलाई अक्षम्य अपराधको संज्ञा दिँदै आतंकवादको लडाईमा बेलायत पछि नहट्ने बताएका छन्।
साथै उनले बेलायतले सुरक्षाको वास्तविक खतरा सामना गरिरहेको बताउँदै एयरपोर्ट तथा रेल स्टेशनहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाएका छन्।
ब्रसेल्समा भएका दुई मुख्य आक्रमणमा हताहतीको संख्या ३१ पुगेको बिबिसीले जनाएको छ। घाईतेको सख्या र अवस्था यकिन नभई रहँदा यो संख्या बढन सक्ने आंकलन गरिएको छ । ब्रसेल्सको ज्याभेंटम अन्तर्राष्ट्रिय विमानस्थलमा ११ जना र म्याल्बिक रेल स्टेशनमा २० जना गरी अहिले सम्म ३१ को मृत्यु भएको कुरा अधिकारीले पुष्टी गरिसकेका छन्।
पेरिस आक्रमणको मुख्य अभियुक्त सला अब्दुस्लाम लाई बेल्जियन पुलिसले गिरफ्तार गरेको चार दिन पछाडि यो घटना घटाईएको छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment