काठमाण्डौ आएका ५ जना राउटेसँग नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले उपराष्ट्रपति कार्यलयमा होली खेलेकी छिन् । मंगलबार चलचित्रकर्मीसँग होली खेलेकी रेखाले आज बिहान उपराष्ट्रपति कार्यलय पुगेर अछामबाट आएका ५ जना राउटेसँग रंगको पर्व होलीको रमाइलो गरिन् ।
५ जना राउटेमध्ये एकजना उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित हुन् । यसैले पनि उनीहरु दिपेशको निम्तोमा काठमाण्डौका आएका थिए । उनीहरु आज अछाम र्फकने नायिका रेखा थापाले बताइन् ।
राउटेहरुले रेखालाई ‘रेखा प्यारी’ भनेर बोलाएका थिए । साथमा, रेखाको आउँदो चलचित्र ‘रामप्यारी’का लागि शुभकामना पनि दिएका छन् ।
राउटे बस्तीका मुखियाँले आफूलाई छोरी बनाएको भन्दै राउटेहरुले आफूलाई दिदी भन्ने गरेको रेखाको भनाई छ । काठमाण्डौ आएको समयमा सधै नै राउटेहरुले आफूलाई संझने गरेको रेखाको भनाई छ । उपराष्ट्रपति नन्द किशोर पुनले पनि राउटेहरुलाई रंग लगाइदिएका थिए ।
साभारः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment