विजय थापा
वाशिंगटन डिसी । गत मार्च २० तारिख न्युयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाको आयोजनामा वरिष्ठ रंगकर्मी हरिबहादुर थापाका उत्कृष्ट १० वटा नाटकका अंशहरु समेटिएको श्रब्य दृष्य भीसीडीको प्रदर्शन तथा लोकार्पण न्युयोर्कमा गरिएको छ l
उक्त अवसरमा रंगकर्मी थापालाई सम्राटको उपाधिले सम्मान गरिएको थियो भने उनीसँगै उनकी धर्मपत्नी मिठु थापालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो l सोहि कार्यक्रममा नेपाल प्रहरीको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला पार्वती थापा तथा क्विन्स चलचित्र महोत्सवमा उत्कृष्ट छायाँकारबाट पुरष्कृत रबिन आचार्यलाई समेत खादा ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा थापाको जीवनी साहित्यकार कृसु क्षेत्रीले सुनाएका थिए । संयुक्त रुपमा राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा अनेसास न्युयोर्क शाखाका सदस्य बिजय सिम्खडाले गरेका थिए ।
कार्यक्रममा अनेसास न्युयोर्कले हरेक महिनाको तेश्रो आइतबार नियमित रुपमा साहित्य शृंखला गर्ने समेत भएको जानकारी दिइएको छ ।
यसैगरी शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले न्युजर्सीमा नेपाली भाषाको कक्षा संचालन भइसकेको बताउँदै निकट भबिष्यमा न्युयोर्कमा पनि भाषा कक्षा संचालन गरिने बताए ।
शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई थिए । बिशेष अतिथिहरुमा न्युयोर्क स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत नारायणप्रसाद मैनाली, सहवााणिज्यदूत साहित्यकार कृसु क्षेत्री, उपवाणिज्यूत प्रविण भट्टराई र अनेसासका केन्द्रीय पूर्वअध्यक्ष गीता खत्रीको उपस्थिति थियो l
कार्यक्रम संचालन शकुन्तला ज्ञवालीले गरेकी थिइन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment