१० चैत, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र चीनवीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दाबी गरेका छन् ।
स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्न नहुने उनले बताए । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा रक्षामन्त्री रावलले भने, ‘भारतले पनि अरु देशसँग सम्झौता गर्दा हामी खुसी हुन्छौ भने हामीले गर्दा पनि भारत खुसी नै हुनु पर्छ । छिमेकी समृद्ध भए भारतीय जनता र भारतलाई पनि फाईदा हुन्छ । त्यसैले भारतपनि यो सम्झौताले खुसी छ ।’
नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने भन्दै अहिले प्राविधिक कारणले मात्रै चीनसँग ईन्धन सम्झौता हुन नसकेको उनले बताए । एमाले उपाध्यक्ष समेत रहेका रावलले भने, ‘ईन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन् । तेलको मुल्य, ढुवानी, कर लगायतका प्राविधिक कारण टुङगो लागि नसकेकोले मात्रै अहिले सम्झौता हुन नसकेको हो ।’
उपप्रधानमन्त्री रावलले नेपालले चीनसँग पारवहन सुविधान लिनु भारत विरोधी हुनै नसक्ने बताए । उनले चीनसँग भएको सम्झौता कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्दै सम्झौता भएसँगै अब त्यसको कार्यान्वयनको प्रक्रिया सुरु भएको र त्यसका लागि सबै एकजुट भएर लाग्नु पर्ने जोड दिए ।
प्रधानमन्त्रीको भ्रमणको एजेण्डा सार्वजनिक भएपछि मधेसी मोर्चासहितका दलहरुले चिनियाँ राजदूतलाई ज्ञापन पत्र बुझाउनु राष्ट्र हित र स्वार्थ विपरित काम भएको उनले बताए ।
उपप्रधानमन्त्री रावलले सरकार संविधान कार्यान्वयन र त्यसअनुसार निर्वाचन गर्न तयार रहेको भन्दै के का लागि सरकारको नेतृृत्व परिवर्तन गर्ने भनि प्रश्न गरे । उनले भने, ‘कांग्रेसलाई साथ लिएर जान हामी तयार छौं । अनि के का लागि सरकार परिवर्तन गर्ने ?’
समाचार सौजन्यः अनलाईन खबर
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment