काठमाडौं, ११ चैत । अघिल्लो संविधानसभामा कुर्सी भाँचेर बाँदरे प्रवृत्ति देखाएका कारण आलोचित बनेका एमाओवादीका सांसद एवम् वर्तमान सिंचाइमन्त्री उमेश यादव प्रिपेड भ्रष्टाचारमा खुला रुपमा उत्रिएका छन् ।
विकासे मन्त्रालय सम्हालिरहेका सिंचाइमन्त्री यादवले कर्मचारी सरुवाबाट लाखौँ रकम असुलिरहेको आरोप छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
मन्त्री यादव सिंचाइ मन्त्रालय प्रवेश गर्दा कतिखेर को सँग पैसा माग्ने हो भनेर उपसचिवदेखि सचिवसम्मका कर्मचारीहरु उनको अगाडि देखिन मन गर्दैनन् ।
यादवले फलानोसँग कति रकम संकलन भयो ? मेरो भागमा कति आयो ? भन्दै सोध्ने गरेका छन् । यसरी पैसा माग्न थालेपछि मन्त्री यादवविरुद्ध सिंचाइ मन्त्रालयमा खुब आलोचना हुने गरेको छ । हुन त राम्रो ठाउँमा जान कर्मचारी तथा इञ्जिनियरहरुले नै सिधै पैसाको अफर गर्ने गरेका छन् ।
बजेट धेरै भएको कार्यालयमा जानका लागि न्यूनतम दुईदेखि २० लाखसम्मको बार्गेनिङ हुने गरेको छ । कार्यालयको बजेटअनुसार मन्त्री, सचिव, विभागको महानिर्देशकलाई दुईदेखि पाँचप्रतिशतसम्म रकम बुझाउनुपर्ने कार्यालय प्रमुखहरुको बाध्यता छ । पैसा नबुझाए सरुवा नहुने भएकाले पनि रकम पहिल्यै बुझाउनु पर्छ ।
आफू भ्रष्टाचर नगर्ने मन्त्रीका रुपमा प्रस्तुत गरिरहेका मन्त्री यादवले न्यूनतम ५० हजारदेखि १२ लाखसम्म कर्मचारी सरुवामा रकम लिने गरेको स्रोतले जनाएको छ ।
‘मन्त्री उमेश यादवले कर्मचारी सुरुवाबाट लाखौं रुपैयाँ आर्जन गरिसकेका छन्’, सिंचाइ मन्त्रालयका उपसचिवस्तरका एक कर्मचारीले भने, ‘मेरो सरुवामा दुई पटक गरेर सात लाख खर्च गरिसकेको छु ।’ मन्त्री यादवले सिंचाइ मन्त्रालयबाट कमाइ गरेको भ्रष्टाचारको रकम एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसम्मलाई पु-याउने गरेको आरोप लागेको छ ।
उनले दाहाल पत्नी सीतालाई प्रत्येक हप्ता लाजिम्पाट पुगेर रकम दिने गरेको एक माओवादी नेताले बताए । हाल सरुवा भएर उपत्यका बाहिरको एक जिल्लामा कार्यालय प्रमुख भएका ती इञ्जिनियरले भने–‘पहिलो पटक पाँच लाख बुझाए, दोस्रो पटक दुई लाख बुझाएको छु ।
जति ठूला कुरा गरे पनि उमेश यादव पनि भ्रष्टाचारमा कम देखिएनन् ।’ अघिल्ला सिंचाइमन्त्री एनपी साउदले पनि कर्मचारी सरुवा गरेर लाखौँ रकम भ्रष्टाचार गरेका थिए । साउदले मन्त्री भएका बेला कमाएको पैसा खर्च गरेर कांग्रेसको केन्द्रीय सदस्यमा जित हासिल गरेको आरोप छ ।
साभारः दैनिक नेपाल
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment