धुन्चे (रसुवा), ११ चैत । रसुवामा बुधबारको हावाहुरीका कारण यार्सा गाविसमा १० जना घाइते भएका छन् ।
यार्सा–७ लाङ्बुका समाजसेवी सेसाङदावा तामाङका अनुसार हावाहुरीले यार्साको २ र ३ नं बाहेक सबै वडा प्रभावित हुँदा त्यहाँका अधिकांश मानिस सामान्य घाइते भएका छन् ।
घाइते हुनेमा यार्सा–७ का २५ वर्षे श्यामबहादुर तामाङ, २३ वर्षे दावा तामाङसमेतका १० जना रहेका छन् । उनीहरुको लाङ्बु मिनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
भूकम्पपछि राहतमा प्राप्त दुई बन्डल जस्ताले बनाएको अस्थायी छाप्रोसमेत उडाउँदा बसोबासमा समस्या परेको समाजसेवी तामाङले बताउनुभयो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबारै बसेको आपत्कालीन बैठकले क्षति विवरण तयार गरी केन्द्रमा राहत माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment